माओवादीले सुरु गर्‍यो सरकार गठनबारे छलफल

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी सरकार गठनबारे छलफल सुरु गरेको छ ।

माओवादी केन्द्रको आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सरकार गठनबारे अनौपचारिक छलफल सुरु गरेको हो । अर्थमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीमा अनौपचारिक छलफल भए पनि संसदीय दलको नेता चयन भएपछि मात्रै सरकार गठनबारे छलफल हुने जानकारी दिनुभयो ।

शर्माले दलको नेता चयन भएपछि सरकारमा सहभागिता, संसदको नेतृत्व, राष्ट्रपति, प्रदेश सरकारलगायतका विषयमा गठबन्धनमा छलफल हुने बताउनुभयो ।

माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अवसर पाए अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.