बागमतीका मुख्यमन्त्री पाण्डेले दिनुभयो राजीनामा

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिनु भएको छ ।

पाण्डेले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिनु भएको हो । ४ मङ्सिर मा भएको निर्वाचनमा धादिङ(१ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको मुख्यमन्त्री पाण्डेले हिजो शपथग्रहण गर्नु भएको थियो ।

शपथग्रहणसँगै औपचारिक रुपमा प्रतिनिधिसभा सदस्य बनेपछि पाण्डेले आजबाट बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.