महान्यायाधिवक्तामा डा‍. पोखरेल सिफारिस

काठमाडौं- सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल सिफारिस हुनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अधिवक्ता डा. पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गर्नुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । उहाँ नेकपा (माओवादी केन्द्र) निकट अधिवक्ता मानिनुहुन्छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

संवैधानिक कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गर्नुभएका छ ।

यसअघि पोखरेलले तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.