लमजुङमा जिप दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते

लमजुङ-लमजुङ  सदरमुकाम बेसीशहरदेखि मर्स्याङ्दी गाउँपालिका–८ भुष्मे जाँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ ।

ग ३ च ८३६१ नम्बरको बोलेरो जिप मर्स्याङ्दी–८ भुलभुले भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी मर्स्याङ्दी-८ की ४५ बर्षीया दिप काशी तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा परी चार जना गम्भिर घाइते भएका छन् । अरु चार जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते चार जनालाई जिल्ला अस्पताल लमजुङमा सामान्य उपचार पश्चात चितवन रिफर गरिएको छ ।

सामान्य घाइतेहरुको जिल्ला अस्पतालमै उपचार भैरहेको छ । सवारी चालक फरार रहेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.