वार्षिक बीस करोड डलरमा क्रिस्टियानो रोनाल्डो अनुबन्धित

विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन् । साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर पारिश्रमिक लिनेगरी उनले सम्झौता गरेका हुन् ।

युरोपका ‘स्टार’ खेलाडी रोनाल्डो एसियाको मध्य पूर्वी मुलुकमा अधिक मूल्य लिएर अनुबन्धित हुनुलाई फुटबल र उनका प्रशंसकका लागि ऐतिहासिक एवम् इतिहास निर्माणमको क्षण भएको छ ।

रोनाल्डोले जुन २०२५ सम्मका निम्ति सम्झौतामा हस्ताक्षर गरेका अल नासरले बताएको छ । “रोनाल्डोको आगमनले हाम्रो क्लबलाई अझ ठूलो सफलता हासिल गर्न मात्र प्रेरित गर्दैन अपितु हाम्रो ‘लिग’, हाम्रो राष्ट्र र भावी पुस्तालाई उत्कृष्ट बन्न प्रेरित गर्नेछ” क्लबले सामाजिक सञ्जालमा भनेको छ ।

सैतीस वर्षीय रोनाल्डोलाई आफ्नो ‘करियर’को सम्झौताले इतिहासमा सबैभन्दा धेरै कमाउने फुटबल खेलाडी बनाएको छ । उनले आफूलाई भाग्यशाली ठान्दै साउदीमा नयाँ फुटबल लिगको अनुभव गर्न आतुर रहेको बताएका छन् । एसियामा आफ्नो अनुभव साझा गर्ने यो सही समय भएको महसुस गरेको उनले एक वक्तव्य निकालेर जनाएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.