ब्राजिलको संसद र सर्वोच्च अदालतमा पूर्व राष्ट्रपतिका समर्थकद्वारा तोडफोड

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारुका समर्थकहरुले संसद भवन र सर्वोच्च अदालत तोडफोड गरेका छन् । राजधानी ब्रासिलियामा रहेको नेसनल कँग्रेस भनिने संसद भवन र सर्वोच्च अदालतमा तोडफोड भएको जनाइएको छ ।

उग्र रुपमा प्रस्तुत भएका प्रदर्शनकारीले देशको राष्ट्रिय झण्डा झिक्न खोजेपछि प्रहरीले उनीहरु माथि अश्रुग्यास प्रहार गरेको छ । गत अक्टोबरमा भएको राष्ट्रपति निर्वाचनमा हार व्यहोरेका बोल्सोनारुका समर्थकहरुले निर्वाचन परीणामलाई अस्वीकार गर्दै शासन संचालनमा सैन्य हस्तक्षेपको माग गरेका छन् ।

अक्टोबरको निर्वाचनमा ब्राजिलको राष्ट्रपतिमा बामपन्थी धारका नेता लुइज इनासियो लुला डा सिल्फा निर्वाचित हुनुभएको थियो । प्रदर्शनकारीहरुले राष्ट्रपति लुलाको राजिनामा माग गरेका छन् ।

अमेरिकामा रहनु भएका पूर्व राष्ट्रपति बोल्सोनारुले समर्थकहरुलाई उक्साएको आरोप छ । राष्ट्रपति लुला साओ पावलो राज्यको औपचारिक भ्रमणमा रहेका बेला राजधानीमा प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् । तोडफोडमा संलग्नलाई कारवाही गरिने राष्ट्रपति लुलाको भनाइ छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.