प्रदेश नं १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

विराटनगर- प्रदेश नं १ को सभामुखमा प्रदेशसभा सदस्य बाबुराम गौतम आज निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेशसभाको प्रथम अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन समेत)को नियम ७ बमोजिम सभामुखमा गौतम निर्वाचित भएको सभाध्यक्ष गयानन्द मण्डलले जानकारी गर्नुभयो ।

सभामुख पदका लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट गौतमको मात्र उम्मेदवारी परेको थियो भने उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी तथा समर्थकमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, गोपालबहादुर विश्वकर्मा र कमलप्रसाद जवेगु हुनुहुन्थ्यो ।

यसैगरी सभामुख र उपसभामुखको शपथ ग्रहणसम्बन्धी अनुसूची–२ मा भएको प्राविधिक त्रुटी सच्याउन प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन समेत) को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश सर्वसम्मतिले अनुमोदन भएको छ । प्रदेश सभाको अर्को बैठक आजै अपराह्न २ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.