प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

काठमाडौं– मन्त्रिपरिषद् विस्तारलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तार र सभामुख, उपसभामुख निर्वाचनलगायत विषयमा दाहाल र ओलीबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल र ओलीबीचको छलफल सकिएपछि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा नै बस्ने तयारी छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक पछि सारिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.