सन्दीप लामिछाने धरौटीमा छाड्न आदेश

काठमाडौं– उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन दिएको आदेश विरूद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

लामिछानेलाई असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.