यति एयरलाइन्स दुर्घटना : अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी भएको बताउनुभएको छ । उहाँले दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्