दशकौंपछि पहिलो पटक घट्यो चीनको जनसंख्या

चीनमा दशकौँपछि पहिले पटक जनसङ्ख्या घटेको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा आठ लाख पचास हजार जनसङ्ख्या कम पाइएको हो ।

यो संख्या हङकङ, मकाउ र विदेश रहेका बासिन्दाहरू बाहेक मुख्य भूमि चीनमा मात्र रहेको जनसङ्ख्या हो । चीनमा गत वर्ष एक करोड ४१ लाख मृत्यु दर्ता गरिएको थियो । साथै ९० लाख ५६ हजार नवजात जनसङ्ख्या रहेको थियो ।

यो सँगै कुल जनसङ्ख्या १ अर्व ४१ करोड रहेको छ । कुल जनसङ्ख्यामा पुरुषको सङ्ख्या ७२ करोड र महिलाको सङ्ख्या ६८ करोडको हाराहारीमा पुगेको छ । जनसङ्ख्यामा देखिएको यो गिरावट देशले अङ्गीकार गरेको एक सन्तानको कडा नीतिको परिणाम रहेको बताइएको छ ।

पछिल्लो समय चीनले एक सन्तानको नीति त्यागेर दुई वा तीन सन्तान जन्माउन प्रोत्साहन गर्न खोजेको छ तर त्यो नीति पनि त्यति प्रभावकारी देखिएको छैन । जनसङ्ख्यामा आएको यो गिरावटमा अर्को मुख्य कारक तत्त्वका रूपमा शहरी क्षेत्रमा बालबालिका हुर्काउन लाग्ने खर्चलाई पनि लिने गरिएको छ ।

चीन लामो समयदेखि विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र बनेको छ । यद्यपी भारतले चीनलाई छिट्टै उछिन्ने अपेक्षा गरिएको छ । हाल भारतको जनसङ्ख्या १ अर्व ४० करोड रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.