गठबन्धनबाट घिमिरे सभामुखको उम्मेदवार

काठमाडौं– सत्ता गठबन्धनबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ ।

घिमिरेले अहिले केहीबेरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

घिमिरे गत मंसिरमा भएको निर्वाचनमा झापा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.