सभामुख घिमिरे एमालेबाट अलग

काठमाडौं– नवनिर्वाचित सभामुख देवराज घिमिरे नेकपा (एमाले)को सबै जिम्मेवारीबाट अलग हुनुभएको छ ।

प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएकाले आफ्नो भूमिकालाई स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाह गर्न पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग रहेको सभामुखले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।

नवनिर्वाचित सभामुखको आज शीतल निवासमा शपथ हुँदैछ भने दिउँसो १ बजे सिंहदरवारमा पदबहाली गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.