धनकुटा महोत्सबको भीडमा च्यापिएर १२ जना भन्दा बढी घाइते, ३ जनाको अबस्था चिन्ताजनक

काठमाडौँ-  धनकुटा महोत्सबमा आयोजकले टिकट नकाटी दर्शकहरुलाई कार्यक्रम स्थलभित्र छिर्न नदिँदा भएको झडप पछि भएको भागदौडमा दर्जन बढी घाइते भएका छन् ।

घाइते भएका मध्ये अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

अत्याधिक मात्रामा आएका दर्शकालाई टिकट नकाटी भित्र पस्न आयोजकले नदिएपछि गेटमा भिड हुँदा चेपिएर धेरैजसो घाइते भएका हुन् ।

अहिलेसम्म महोत्समबमा भएको घटनामा ३ जना भन्दा बढी गम्भिर घाइते भएको धनकुटा प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका निमित्त प्रमुख ममता सुवेदीले घटनाको विस्तृत विबरण आइनसकेको बताउनु भयो। उहाँले दर्जन बढी घाइते भएको भन्ने सुचना आएको जानकारी दिनुभयो।

सांगितिक कार्यक्रममम सकिएपछि हाउजी खेलमा भने निशुल्क रुपमा प्रवेश पाउने आशामा कार्यक्रम स्थलको गेटमा सर्वसाधारण बसेका कारण भीड भएको थियो । भीड बढि भएपछि पनि महोत्सब आयोजकले कार्यक्रम स्थलमा पस्ने गेट नखोलेपछि झडप भएको र झडप पछि भाग दौड मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

धनकुटा महोत्सबको आजको कार्यक्रममा गायक प्रमो्द खरेल आउने कार्यक्रम थियो । आयोजनास्थलमा भागदौड मच्चिएर स्थिति असामान्य भएपछि आयोजकले महोत्सव स्थगित गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.