सडकको सास्ति कहिलेसम्म ?

धादिङ- धुलाम्य सडक त्यसमाथि खाल्टाखुल्टी वर्षौदेखी धुलो र हिलोका कारण आवतजावतमा मात्रै होईन घरमा बस्दा समेत सास्ति भोग्दै आएका छन् नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर ६ र ७ का स्थानीयले ।

धुलोका कारण घरका चोटाकोठा समेत बस्नै नमिल्ने गरी विग्रने गरेको बताउदै बृद्ध र बालवालीकाहरुलाई त श्वासप्रश्वास सम्वन्धि समस्या समेत हुने गरेको स्थानीयको गुनासो छ ।

वर्षातको समयमा त विरामी पर्दा समेत एम्वुलेन्स पनी आवतजावत गर्न नसक्ने गरी सडक बिग्रने गरेको भन्दै नीलकण्ठ नगरपालिकाले सडक मर्मतका लागी कुनै चासो नदिएको आरोप स्थानीयको छ ।

सडक आसपासमा बसोवास गर्नेहरु मात्रै होईनन्, सडकदेखी निकै टाढा बसोवास गर्दै आएकाहरुले पनी हिउँदमा उड्ने धुलोका कारण विभिन्न किसिमका स्वास्थ्य समस्या समेत भोग्नु परेको गुनासो गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा नगर क्षेत्रको विकासका लागी सडक कालोपत्रे गर्ने, मुख्य एजेण्डासहित चुनावी नारा बनाउँदै स्थानीय जनप्रतिनिधहरु प्रत्येक गाउँ गाँउमा मत माग्न पुगे तर विकास भने अहिलेसम्म केही नभएको गुनासो स्थानीय मतदातहरुको छ ।

नीलकण्ठ नगरपालिकास्थित बजार क्षेत्रबाट नगरपालिकाकै वडा नम्वर-६ जोड्ने सडकको अवस्था निकै दयनिय छ । बजारदेखी वडा नम्बर- ६ सम्मको अठार किलोमिटर सडक जिर्ण भएको वर्षौ बितिसकेको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएको छ वर्षसम्म सात किलोमिटर सडक पनी कालोपत्रे नभएको भन्दै सडक मर्मतसहित स्तोरोन्नतिको माग स्थानीय नगरवासीको छ ।

नीलकण्ठ नगरपालिकालाई सिधै राजधानीसँग जोड्ने बैकल्पीक सडकको रुपमा मानिएको धादिङवेसी सुनौला बजार फोस्रेटार सडकको सुधार अब नहुने भन्दै सो सडक आसपासमा बसोवास गर्ने स्थानीय निरास भएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.