गुल्मीमा मृत फेला परेकी महिलाको तालिम प्राप्त कुकुरद्वारा अनुसन्धान सुरु

गुल्मी- गुल्मीमा आफ्नै घरमा मृत अबस्थामा फेला परेकी महिलाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरद्वारा अनुसन्धान सुरु गरिएको छ । आइतवार हातमा टेप लगाएको, खुट्टा टेपले बाँधेको र घोप्टो पारिएको अवस्थामा मुसिकोट नगरपालिका–७ वामी निवासी ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको थियो ।

घटनाको दृश्य हेर्दा हत्या गरिएको हुन सक्ने भन्दै भैरहवाबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अर्जुन रानाभाटले बताउनु भयो । आइतवार दिनभर तालिम प्राप्त कुकुरको प्रतिक्षामा घटनास्थललाई शिल गरेर राखिएको थियो ।

हिजो बेलुकी साँझबाट मात्रै तालिम प्राप्त कुकुर र प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी र कुकुरले मृत अवस्थामा फेला परेकी गंगादेवीको शव र घरवरिपरिको अवस्थाबारे अवलोकन गरेको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोष्टमार्टको लागि जिल्ला सदरमुकाम लैजाने तयारी पनि गरिरहेको प्रहरी उपरीक्षक (एसपी) रानाभाटले बताउनु भयो । शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन् ।

मृत गंगगादेविको घरको चेनगेट बन्द अवस्थामा थियो । शेरचन आज बिहान घरबाट बाहरि ननिस्कीएपछि छिमेकीले सोधखोज गर्दा उनको शवलाई हातमा टेप, खुट्टामा टेपले बाँधेको र घोप्टो पारिएको अवस्थामा भेछेपछि प्रहरीलाई खबर गरेका थिए ।

शेरचनले विगत ४० वर्षदेखि गंगा होटल संचालन गर्दै आएकी थिइन् । स्थानीय आफन्त सुनिल शेरचेनले घटना संकास्पद भएकोले बिशेष अनुसन्धान कुकुरमार्फत गर्न माग गरेका थिए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.