जलविद्युत आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलुखोला सुख्खा बगरमा परिणत

सोलुखुम्बु- दर्जन बढी हाईड्रोपावर निर्माणाधीन रहेको सोलुखुम्बु जिल्लामा हाईड्रोपावरले खोलामा १० प्रतिशत पानी छाडनुपर्ने प्रावधानको उल्लङघन गरेको पाईएको छ ।

सोलुदुधकुण्ड नगरपालिकामा निर्माण सम्पन्न भएर विद्युत उत्पादन सुरु गरेको ९.५ मेगावाटको मध्य सोलुखोला जलविद्युत आयोजनाले मापदण्डको ख्याल नगर्दा अहिले सोलुखोला नै सुख्खा बगरमा परिणत भएको हो ।

सधैं खोलामा बगिरहने पानी आयोजनाले सबै लगेपछि अहिले सोलुदुधकुण्ड नगरपालिका ३ र ४ क्षेत्रको खोला नै सुख्खा बनेको छ । विद्युत विकास विभागको नियम अनुसार आयोजनाहरु निर्माण गर्दा कम्तीमा १० प्रतिशत पानी खोलामा छोड्नुपर्ने मापदण्ड भएपनि यहाँका आयोजना त्यसलाई पालना गर्नमा चुकेका छन् ।

जसका कारण सोलुखोलाको जलप्राणीहरुको अस्थित्व नै गम्भीर संकटमा परेको छ भने पर्यवरणमा समेत असर गरेको स्थानीय दावा तामाङले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले यसबारे चाँडै अनुगमन हुने बताउनुभयो । यता हाईड्रोपावरले भने मापदण्ड अनुसारको पानी नछाडेको स्विकार गरेको छ । अन्य जलविद्युत आयोजना पनि निर्माणाधीन अवस्थामा रहेकाले अब ती आयोजना सम्पन्न भएपछि खोलामा पानी बग्ने बताएको छ ।

जिल्लामा तल्लो सोलुखोला, माथिल्लो सोलुखोला, बेनी, लिखुखोला लगायत आधा दर्जनभन्दा बढी विद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा छन् । अधिकांश आयोजनाहरुले खोलामा मापदण्ड अनुसारको पानी छोड्ने सवालमा आनाकानी गरिरहेको सर्वसाधरण बताउँछन् ।

सोलुखोलाको पानी सुकाएर बगरमा परिणत भएपछि अहिले सोलुखोला नै क्रसरहरुको नदीजन्य पदार्थ उत्खनन गर्ने थलो बनेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.