सुन्दर सेप्ली (फोटो फिचर)

सोलुखुम्बु- पहाडको खोँचबाट छङछङ झरिहेको एउटा झरना । जहाँ वर्षाद्मा मात्रै होइन, हिउँदमा समेत उत्तिकै पानी छ । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं ७ र ८ को सीमानामा रहेको सेप्ली झरनाको जो कोहीलाई मोहित बनाउने जवानी छ ।

अग्लो र हिउँद सिजनमा समेत पर्याप्त पानी बहने विशेषता बोकेको यो झरना जिल्लाका अरु झरनाभन्दा पृथक छ । सुन्दर छ । यो झरना रहेको खोलामा हिउँद याममा पनि मान्छे बगाउने पानी हुने गरेको मोलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष हेम सुनुवार बताउनुहुन्छ ।

अग्लो पहाडबाट झरेको मनमोहक सेप्ली झरना खोँचभित्रको सानो तालमा पुगेर टुंगिन्छ । झरनाबाट छुट्ने पानीको धुँवाले एकैछिनमा ‘मुडफ्रेस’ बनाइदिन्छ ।

यतिधेरै विशेषता हुँदाहुँदै पनि यो झरना प्रचारमा आउन सकेको छैन । झरना क्षेत्रसम्म जाने सुविधासम्पन्न सडक र झरना क्षेत्रमा अन्य पूर्वाधार नहुँदा यो सुन्दर झरनाको प्रचार हुन नसकेको हो ।

झरना क्षेत्रको विकासका लागि मोलुङ गाउँपालिकाले डीपीआर तयार गरेर पुल निर्माण गर्ने योजना अगाडि सारे पनि अझै त्यसको सुरसार देखिएको छैन । ओखलढुंगा सदरमुकामबाट सेप्ली गाउँसम्म सडक मार्गबाट पुगिने भए पनि सडकको स्तरोन्नति भएको छैन ।

सेप्ली गाउँबाट करिब आधा घण्टा माथि रहेको सेप्ली झरनासम्म जाने पैदल मार्ग पनि व्यवस्थित नभएको यहाँ पुग्ने पर्यटकहरुको गुनासो छ । विभिन्न मिथक र किंवदन्तीसँग जोडिएको सेप्ली झरनाको उचाइ समेत यकिन छैन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.