‘फोनपे’को अफलाइनबाटै क्यूआर भुक्तानी सेवा सार्वजनिक

काठमाडौं- भुक्तानी प्रणाली सञ्चालक ‘फोनपे’ले अफलाइनमा आधारित क्यूआर भुक्तानी सेवा सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै कम्पनीले अफलाइनबाटै क्यूआर भुक्तानी गर्न सकिने गरी दुई प्रडक्ट सार्वजनिक गरेको हो ।

मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोडभन्दा बढी भएपनि क्यूआरमार्फत हुने भुक्तानी थोरै रहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले अफलाइन भुक्तानी सेवा ल्याएको जनाएको छ ।

यो सेवामार्फत इन्टरनेट नभएको अवस्थामा पनि क्यूआरमार्फत डिजिटल भुक्तानी हुने कम्पनीको भनाइ छ । कम्पनीले ल्याएको ’फोनपे ट्याग’ (फोनपे ट्याप एन्ड गो) सेवा अन्तर्गत एनएफसी डिभाइस प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । त्यस्तै कम्पनीले ल्याएको ’कस्टमर प्रेजेन्टेड क्यूआर’ सेवा अन्तर्गत मर्चेन्टले सेवाग्राहीको क्यूआर स्क्यान गरी भुक्तानी लिनसक्ने बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.