सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सर्वोच्च अदालतका नवनियुक्त चार  न्यायाधीशहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।
शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथग्रहण गराउनुभएको हो । न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज सर्वोच्च अदालतका लागि चार न्यायाधीशलाई नियुक्त गर्नुभएको थियो ।
यसअघि, प्रस्तावित चारै न्यायाधीशको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.