पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा दुई जनाको मृत्यु

पाल्पा- पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटना स्कुटरमा सवार एक महिला र एक पुरुषको मृत्यु भएको छ ।

आज बिहान साढे नौ बजेको समयमा तानसेन-राम्दी सडक खण्डस्थित झिरभञ्ज्याङ्मा तानसेनबाट झिर भञ्ज्याङ्तर्फ जाँदै गरेको ट्याक्टरले सोही दिशामा जादै गरेको स्कुटरलाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटरमा सवार तानसेन नगरपालिका १३ का ३९ वर्षीया मीना मिधुन र सोही स्थानका १९ वर्षका अभिशेक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक धादिङको रोराङ गाउँपालिकाका २९ वर्षीय हरी बहादुर चेपाङलाई नियन्त्रण लिएर अनुसन्धान जारी रहेको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.