रास्वपा सरकारबाट बाहिरिने, सरकारलाई समर्थन भने कायमै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो । बैठकपछि पत्रकार सम्मेलन गर्दै अध्यक्ष लामिछानेले मन्त्रीहरु आजबाटै सरकारबाट फिर्ता हुने बताउनुभयो ।

मन्त्रीहरुले आज नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने भएका छन् ।

सरकारबाट समर्थन फिर्ता लिने निर्णय सुनाउँदा पत्रकार सम्मेलनमा नै समर्थनको हुटिङ लागेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.