समर्थन फिर्ता लिएर अस्थिरताको कारक बन्दैनौं : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर अस्थिरताको कारक नबन्ने बताउनुभएको छ ।

सरकारबाट बाहिरिने संसदीय दल र केन्द्रीय समितिको निर्णयलगत्तै भएको पत्रकार सम्मेलनमा सभापति लामिछानेले समर्थन फिर्ता लिँदा सरकार ढल्ने र अस्थिरता निम्तिने भन्दै त्यसको कारक नबन्ने बताउनुभयो ।

रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरे पनि प्रधानमन्त्रीलाई दिएको समर्थन यथावत् नै राखेको छ ।

लामिछानेले उपचुनावबाट निर्वाचित नभएसम्म मन्त्री नबन्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.