राष्ट्रपतिमा नेपाली काँग्रेसकै उम्मेदवार जिताउँछौं : नेता कोइराला

 चितवन- नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले माघ २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिने बताउनु भएको छ ।

चितवनको सौरहामा नेपाल प्रेस युनियनको बागमती प्रदेसको प्रथम अधिबेसनको उद्घाटनको क्रममा नेता कोइरालाले  नेपाली काँग्रेसले राष्ट्रपतिमा दिएको उमेदवार नै विजयी हुने पनि बताउनुभयो ।

नेता कोइरालाले राष्ट्रपतिको उम्मेदवारलाई बिजयी गराउनको लागि केही दलहरुसँग सहमति गरेर जानु पर्ने हुन्छ किन भने नेपाली काँग्रेसको मात्र मतले नपुग्ने भएकोले सहमति जरुरी रहेको बताउनु भयो ।

तर उहाँले कुन कुन दलहरुसँग सहमतिको प्रयास भइरहेको छ भन्ने बारे भने खुलाउनु भएन । नेता कोइरालाले सहमति गरेर भए पनि नेपाली काँग्रेसको उमेदवार राष्ट्रपतिमा जित्ने बताउनु भयो ।

नेता कोइरालाले देश अत्यन्तै अप्ठेरो अबस्थाबाट ग्रुज्रिरहेको बताउनुहुँदै सरकार अब कसरी अगाडि जान्छ भन्ने सोचनीय अबस्था भएको उल्लेख गर्नुभयो ।

उहाँले स्वतन्त्र न्यायपालिका र स्वतन्त्र सञ्चार यी दुई कुरा नभएसम्म लोकतन्त्र फस्टाउन नसक्ने  पनि बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.