गुल्मीका तीन स्थानीय तहमा सार्वजनिक बिदा

गुल्मी- गुल्मी जिल्लाका तीन स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । आज फागुन १५ गते राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको चन्द्रकोट,कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
तीनवटै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेका हुन् । सार्वजनिक बिदा अनुसार पालिकाभित्रका वडा कार्यालयहरु, विद्यालय ,स्वास्थ्य संस्था तथा संघ संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएका छन् ।






प्रतिक्रिया राख्नुहोस्