सुरु भयो, साँगा-धुलिखेल सडकखण्ड विस्तार कार्य

काभ्रे- अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेल सडकखण्डको सडक बिस्तार कार्य सुरु भएको छ । सडक बिस्तार कार्य अन्तर्गत बाउन्ड्री वालको संरचना कार्यबाट सुरु गरिएको हो ।

पहिलो खण्डमा साँगादेखि धुलिखेल ८ किमी सडकखण्डको बिस्तार कार्य अघि बढेको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका प्रमुख राजेन्द्र प्रसाद दासले जानकारी दिनुभयो ।

उक्त सडकखण्डको बिस्तार कार्यको ठेक्का लामा कन्सट्रक्सन कम्पनी प्रा.लिले पाएको हो । तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का लामा कन्सट्रक्सन कम्पनी प्रा.लिसँग २०७९ मंसिर २७ गते सम्झौता भएको हो । चार अर्ब पाँच करोड ६४ लाख रुपैंयाको लागतमा बिस्तार कार्य सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार नै साँगादेखि बनेपाको चण्डेश्वरी खोलासम्मको सडकखण्डमा २५ गज नै कायम गरिने बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार, सडक बिस्तारका लागि सडक दाँयाबायाँमा रहेका संरचना हटाउन नगरपालिकाले सहजिकरण गर्नेछ ।

सर्भे कार्य सम्पन्न भएसँगै बिस्तार कार्यअन्र्तगत बाउन्ड्री वालको स्ट्रक्चरबाट कार्य अघि बढाइएको साँगा–धुलिखेल सडकखण्डको दाँया–बाँयाको साइड क्लियरेन्स सकिएपनि यसका अवला सडक दाँया–बाँया रहेका बिजुलीका पोल, रुख हटाउने काम, खानेपानीको पाइप, ढल लाइन, टेलिकमको अप्टिकल फाइबर, मन्दिर, इनारहरु भने हटाउन बाँकी रहेको छ । यसको व्यवस्थापनका लागि सम्बन्धित सरोकारवाला निकायसँग छलफलका लागि तयारी भएको उहाँले बताउनुभयो ।

साँगा–धुलिखेल सडकखण्ड अन्तर्गत महादेवखोला पुल र पुण्यमाता खोला पुल गरी दुई वटा पुल रहेका छन् । सडकखण्डमा रहेका पुल निर्माणका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाका प्रमुख दासको भनाइ छ । यसका साथै सडक खण्डका विभिन्न स्थानमा आवश्यकता हरेर कर्लभर्ट निर्माण गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.