प्रतिनिधि सभाको बैठक स्थगित, अर्को बैठक चैत्र ५ गते बस्ने

काठमाडौँ- प्रतिनिधि सभाको बैठक सुचना टाँस गरी स्थगित भएको छ ।

आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने छ ।

संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो ।

फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.