नेकपा एमालेका अध्यक्ष ओलीद्वारा मतदान

 काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्नुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घी संसद् मतदान केन्द्रमा पार्टी अध्यक्ष एवं सङ्घीय सांसद ओलीले केहीबेरअघि मतदान गर्नुभएको हो ।

मतदानपछि सञ्चारकर्मीसँग उहाँले आज निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्दै राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ निर्वाचित हुने राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने हैन । देशप्रति बफादार भएर काम गर्नुपर्छ ।” उहाँले अघिल्ला दुई राष्ट्रपतिको भूमिकाको प्रशंसासमेत गर्नुभयो । उहाँले भन्नुभयो, “वर्तमान राष्ट्रपतिको भूमिकालाई अङ्क दिनपरे सय दिन्छु । उहाँले राम्रो काम गर्नुभएको छ”, उहाँले थप्नुभयो, “अघिल्ला दुई राष्ट्रपतिले आफ्नो कार्यकालमा राम्रो काम गर्नुभयो । अहिलेको व्यवस्था र प्रणालीलाई मन नपराउने र आफ्नो स्वार्थमा लाग्ने समूहले मात्र विरोध गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.