राष्ट्रपति निर्वाचनको मतदान सकियो:आजै साँझ ७ वजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं- राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । मतगणना अहिले ४ बजेपछि शुरु गर्ने र आजै साँझ ७ वजेसम्म परिणाम सार्वजनिक गर्नजे तयारी गरिएको छ । संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना हुने छ भने मतगणनामा उम्मेदवारका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि रहनेछन् । आज ३ वजे सम्पन्न मतदानमा संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जना मतदान अनुपस्थित रहनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीका संघीय संसद र प्रदेशसभा सदस्य मतदानमा सहभागी हुनु भएन । राप्रपाको संघीय संसदमा १४ र प्रदेशसभामा २८ सांसद हुनुहुनछ । त्यस्तै नेपाल मजदुर किसान पार्टीको संघीय संसदमा १ र प्रदेशसभामा ३ जना सदस्य रहनुभएको छ । त्यसैगरी संघीय सांसदकाहरु वर्षमान पुन, चन्द्र भण्डारी, लक्ष्मी साह कोइरी, टेकबहादुर गुरुङले पनि मतदान अनुपस्थित रहनुभयो । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये रवि लामिछाने पदमुक्त अवस्थामा हुनुहुन्छ भने जसपाका सहनाज रहमानको निधन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.