पाल्पामा टिपर दुर्घटनाः एकजनाको मृत्यु

पाल्पा- पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा ११ बस्ने टिपर चालक ४० वर्षीय बिष्णु गुरुङ रहेको प्रहरीले जनाएको छ ।
आज बिहान झडेवा रहबास सडक खण्डको गोठादी रहबासस्थित पाल्पा चुनढुङ्गा खानीमा जाँदै गरेको लु २ ख ११९६ नम्बरको खाली टिपर दुर्घटना हुँदा चालक गुरुङको घटनास्थलमै मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी टिपरमा सवार माथागढी गाउँपालिका वडा नम्बर ७ झडेवाका ५० वर्षीय हुम बहादुर परियार घाइते भएका छन् । घाइते परियारलाई उपचारका लागि सदरमुकाम तानसेन ल्याइएको छ । टिपर सडकदेखि ४० मिटर तल खसेर दुर्घटना भएको हो ।






प्रतिक्रिया राख्नुहोस्