म्यान्मास्थित एक गुम्बामा भएको झडपमा तीन भिक्षु सहित २९ जनाको मृत्यु

म्यान्माको दक्षिणी शान राज्यको एक गुम्बामा तीन भिक्षुसहित २९ जनाको मृत्यु भएको छ । स्थानीय विद्रोही समूह र सैनिकले एकअर्कामाथि सो नरसंहारको आरोप लगाएका छन् ।

सार्वजिनक गरिएका तस्बिरमा गाउँको गुम्बाको प्रवेशद्वार नजिकै रगतले लतपतिएका थुप्रै शवहरू देखिएका छन् । गुम्बाको अगाडिको भागमा पनि गोलीका प्वालहरू रहेको जनाइएको छ ।

घटना शनिबार नै भएको भएपनि संचार माध्यमहरुमा ढिलो गरी जानकारी आएको थियो । म्यान्मारको घटनाले सम्पूर्ण विश्व समुदायलाई नै स्तब्ध बनाएको छ ।

यसै महिनाको सुरुमा सागाइङ क्षेत्रको मिन्मु टाउनशिपमा जुन्टा सेनाले १७ जना गाउँलेको हत्या गरेको केही दिनपछि नानेइन्ट गाउँमा पछिल्लो घटना भएको त्यहाँका विद्रोहीले जनाएका छन् । अहिलेसम्म २२ जनाको शव निकालिएको छ भने अन्य सात जना अझै घटनास्थलमै रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.