आइसीसी विश्वकप क्रिकेट लिग टूः नेपालले युएईविरुद्ध पहिले बलिङ गर्दै

काठमाडौं- आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक श्रृखंलाको अन्तिम खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेको हो । युएईले ब्याटिङ रोजे पछि नेपालले पहिले बलिङ गरेको हो ।
आजको खेलमा करण केसी बाहिर रहँदा गुलशन झाले टिममा स्थान बनाएका छन् । २०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बाबेमा आयोजना हुने विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको छ ।
यहि त्रिकोणत्मक श्रृखंला अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ सय ७७ रनले पराजित गरेको थियो । नेपालले लिग टू का पछिल्ला ११ खेलमा १० जित हात पारेको छ ।
लिग टू अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अंक बनाएको छ । आजको खेलमा जित निकालेको खण्डमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर विश्वकप छनौटको यात्रा तय गर्नेछ ।






प्रतिक्रिया राख्नुहोस्