कास्कीकाे पर्यटकीय क्षेत्र सिक्लेस जाने माेेटरबाटो दुई दशकपछि कालाेपत्रे गर्ने काम शुरु

कास्की- कास्कीको पर्यटकीय गन्तव्यस्थल सिक्लेस सम्म पुग्ने सडक कालोपत्रे गर्ने काम शुरु भएको छ । सडक मर्मतसम्भार नहुँदा लामो समयदेखि हिलो र धुलोका कारण समस्या खेप्दै आएका कास्कीको उत्तरी भेगका स्थानिय सडक कालोपत्रे गर्ने काम शुरु भएदेखी खुसी भएका छन् ।

सडक कालोपत्रेसँगै पर्यटकीय क्षेत्र सिक्लेस घुम्न जाने स्वदेशी तथा बिदेशी पर्यटकहरुको संख्यामा पनि बृद्धि हुने अपेक्षा गरिएको छ ।

पोखरा महानगरपालिका-१३ बिजयपुर खोलादेखी दुधपोखरी जोडिने सडक खण्डको काहुँ खोलादेखि मादी गाउँपालिका-१ सिक्लेसको बिच खण्डमा पर्ने दश किलोमिटर सडक कालोपत्रे गर्ने काम शुरु भएको हो ।

काहुँखोलादेखि पर्यटकीय क्षेत्र सिक्लेससम्म पुग्ने सडकको ट्रयाक खोल्ने काम दुईदशक अघिनै भएपनि लामो समयपछि सो सडकको स्तरोन्नतिसहित कालेपत्रेको काम भैरहेकोले निर्माणको काम सम्पन्न भएमा बजारवाट दैनिक उपभोग्य बस्तु गाउँसम्म लैजान र गाउँमा उत्पादित कृषिजन्य बस्तु बजार पुर्‍याउन सहज हुने छ ।

करिब २२ करोड २६ लाख रुपैयाँको लगानीमा गण्डकी प्रदेश सरकार मातहातको पुर्वाधार विकास कार्यालय कास्कीले सो सडक बिस्तारका लागी २०७७ मा काष्ठमाण्डप कन्ट्रक्सनसँग सम्झौता गरी कामलाई अघि बढाएको थियो ।

पोखरा महानगरपालिका-१३ विजयपुरदेखी सिक्लेससम्म ३२ किलोमिटर सडकखण्ड मध्ये बिजयपुर खोलादेखि थाक गाउँको उकालोसम्म पहिलो चरणमा दश किलोमिटर सडकको निर्माण कम्पनी रौताहा कन्स्ट्रक्सनले चैत्र मसान्तसम्म कालोपत्रे गर्ने काम सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.