‘जिन्दगीका पानाहरू’ लोकार्पण

धादिङका ज्योतिश पण्डित तोयनाथ अर्ज्यालद्वारा लिखित आत्मवृत्तान्त जिन्दगीका पानाहरू लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोह आयोजना गरी लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।

तोयनाथ अर्ज्यालको ९०औं जन्मोत्सवको उपलक्ष्यमा उक्त कृतिको लोकार्पण गरिएको हो । कृतिको लोकार्पण प्रमुख अतिथि एवमं विशेष अतिथिद्वारा संयुक्त रूपमा गरिएको थियो ।

आत्मवृत्तान्त ‘जिन्दगीका पानाहरू’मा जीवनका अनेकौँ भोगाई र अनुभवहरूलाई रचनात्मक र रोमाञ्चक ढङ्गले समेटिएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई रहनुभएको थियो । त्यस्तै, विशेष अतिथिहरूमा अमर न्यौपाने, प्रा. डा. रामचन्द्र लम्साल, डा. बलदेव शर्मा अधिकारी, डा. नवराज लम्साल, बामदेव शर्मा अधिकारी रहनुभएको थियो ।

समारोहमा राममणि दुवाडीले कृतिको टिप्पणी गर्नुभयो । पुस्तकका सर्जक अर्ज्यालका पुत्र दामोदर अर्यालले स्वागत मन्तव्य दिनुभएको थियो । सर्जकका पुत्र टीकानाथ अर्यालद्वारा सञ्चालित कार्यक्रमको अन्त्यमा अर्का पुत्र लेखनाथ अर्यालले धन्यवाद ज्ञापन गरी समारोहको समापन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.