राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.