राष्ट्रपति पौडेल र भारतीय समकक्षी मुर्मूबीच टेलिफोन संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई उहाँका भारतीय समकक्षी द्रौपदी मुर्मूले टेलिफोन गरी नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

टेलिफोन संवादका क्रममा भारतीय राष्ट्रपति मुर्मूले नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो सङ्र्घष र योगदान पु¥याउने व्यक्ति नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा खुशी व्यक्त गर्नुभएको राष्ट्रपति पौडेलका परराष्ट्र सल्लाहकार डा सुरेशचन्द्र चालिसेले जानकारी दिनुभयो ।

संवादका क्रममा दुवै राष्ट्रपतिले नेपाल र भारतबीच सदियौँ पुरानो सांस्कृतिक, धार्मिक तथा भौगोलिकरूपले अत्यन्त निकट र प्रगाढ सम्बन्ध भएको छिमेकी रहेको समान धारणा राख्दै आगामी दिनमा यो सम्बन्ध अझ सुमधुर र घनिष्ट हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा राष्ट्रपति पौडेलले उहाँका भारतीय समकक्षी मुर्मूलाई नेपाल भ्रमण गरी पशुपतिनाथ दर्शन गर्न निमन्त्रणा दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.