प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त, पक्षमा १७२ मत

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मतका लागि भएको मतदानमा प्रधानमन्त्री दाहालको पक्षमा १७२ मत परेको थियो ।

उहाँलाई नेपाली काँग्रेस, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतले विश्वासको मत दिएका हुन ।

प्रधानमन्त्रीको विपक्षमा ८९ मत परेको थियो ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएनन ।

नेपाल मजदूर पार्टीका १ जना सांसदले भने पक्ष वा विपक्ष दुबैतर्फ मतदान गर्नुभएन ।

प्रधानमन्त्री दाहालले यो प्रतिनिधि सभाबाट दोश्रो पटक विश्वासको मत लिनुभएको हो ।

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतका लागि आजको प्रतिनिधि सभाको बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.