कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान

ललितपुर- ललितपुरमा कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छवटै स्थानीय तहमा भोलि गतेदेखि १२ गतेसम्म कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले जानकारी दिनुभयो ।

“स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई बुस्टर डोज खोप दिनेछौँ । पहिलो बुस्टर नलगाएकालाई पहिलो बुस्टर र पहिलो बुस्टर लगाएर छ महिना पुगेकालाई दोस्रो बुस्टर मात्रा दिने अहिलेको अभियान छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार यो अभियान जिल्लाका पाँच वटा पालिकामा चैत ९ र १० गते सञ्चालन हुनेछ । महाँकाल गाउँपालिकामा भने चैत १०, ११ र १२ गते सञ्चालन हुनेछ ।

मंगलबार क्रियाशील पत्रकारसँगको अन्तक्रियामा हाल नेपालमा कोरोनाविरुद्धको खोप १५ लाख मात्रा रहेको छ भने ललितपुरमा ३१ हजार मात्रा रहेको जानकारी दिइयो ।

पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष सागर न्यौपानेले जिल्लामा सञ्चालन हुने खोप अभियान प्रभावकारी बनाउनका लागि स्थानीय सञ्चारमाध्यममार्फत समाचारलाई प्रभावकारीरुपमा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.