पर्यटन प्रवर्द्धनका लागि बारामा हाईकिङ्ग

बारा- मधेश प्रदेशमै पहिलोपटक बारामा पर्यटन क्षेत्रको सम्भावना, पहिचान र प्रवद्र्धन गर्न हाईकिङ्ग पैदल मार्ग निर्माण हुने भएको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. २१ र २२ मा हाईकिङ्ग रुट निर्माण हुने भएको हो ।

हाईकिङ्ग रुट निर्माणका लागि प्राविधिक सहितको टोलीले बुधबार निरीक्षण गर्दै मधेश प्रदेशको जीतपुरसिमरामा रहेको पहाडको पर्यटकीय शिद्धबाबा मन्दिरलाई लक्षित गर्दै पैदलमार्ग निर्माण गर्न लागेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना र होटल तथा पर्यटन व्यवसायी संघ बाराको समन्वयमा पर्यटन क्षेत्रको सम्भावना पहिचान र प्रवद्र्धन गर्न यो हाईकिङ्ग पैदलमार्ग निर्माण आवश्यक भएको होटल तथा पर्यटन व्यवसायी संघ बाराका महासचिब गोबिन्द गहतराजले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.