दोश्रो प्रज्ञा स्मृति साईक्लिङ म्याराथनः सशस्त्र प्रहरी वलका सुरज राना मगर पहिलो

चितवन- दोश्रो प्रज्ञा स्मृति साईक्लिङ म्याराथन २०७९ मा सात विधामा ७ खेलाडीले उपाधी हात पारेका छन् । निर्धारित ६५ किमि दुरी १ घण्टा ५४ मिनेट ३८ सेकेण्डमा पार गर्दै सशस्त्र प्रहरी बलका सुरज राना मगरले उपाधी हात पारेका हुन् ।

दिवङ्गत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले साईकलिङ म्याराथनको आयोजना गर्दै आईरहेको छ । प्रतिष्ठानले आगामी वर्षबाट अन्य विधाका खेलकुद पनि थप गर्ने प्रतिष्ठानकी अध्यक्ष रेणु दाहालले जानकारी दिनुभयो ।

सात विधामा भएको म्याराथनमा पुरुष ईलाईटतर्फ सशस्त्र प्रहरी बलका सुरज राना मगरले पहिलो स्थान हात परेका हुन् । उनी गत सालका समेत विजेता हुन् । उनले उपाधीसँगै नगद ५० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै नेपाल त्रिभुवन आर्मी क्लबका सुरेश भुजेलले १ घण्टा ५४ मिनेट ३८ सेकेण्ड ५२ मिलिसेकेण्डमा पारे गर्दै दोश्रो स्थान हासिल गरी नगद ४० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।

पुरुषतर्फको तेश्रो स्थान अमेरिकी नागरिक केलेभ हब ब्याण्डले नगद ३० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र हात पार्न सफल भए । यस्तै काभ्रेका अच्युत कृष्ण खरेल र नेपाल आर्मीकै हिमाल थनेतले क्रमश चौथो र पाँचौँ स्थान हासिल गरे ।

यसैगरी महिला ईलाईटतर्फ काठमाण्डौँकी लक्ष्मी मगरले १ घण्टा ५७ मिनेट १७ सकेण्डमा सो दुरी पार गर्दै महिलातर्फको उपाधी हासिल गरिन् । उनी साउथ एसियन खेलकुदको गोल्ड मेडलिष्ट हुन् ।

प्युठानकी हुमी बुढा मगरले २ घण्टा ११ मिनेट ४५ सेकेण्ड निर्धारित दुरी पार गरि दोश्रो बनिन् । ईन्द्रकुमार तामाङ २ घण्टा २८ मिनेट ४४ सेकेण्डमा पादै तेश्रो बनिन् ।

यस्तै पुरुष मास्टरतर्फ हर्क लामाले निर्धारित दुरी १ घण्टा ५७ मिनेटमा पार गर्दै पहिलो स्थान हात पारेका थिए भने विकास महर्जनले १ घण्टा ५७ मिनेट ५ सेकेण्डमा पार गर्दै दोश्रो र बाँकेका देव बहादुर बोहराले २ घण्टा ७ मिनेट १४ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हात पार्न सफल भए ।

यसैगरी पुरुष जुनियरतर्फ मोरङका किरण लिम्बुले १ घण्टा ५५ मिनेट ३९ सेकेण्डमा निर्धारित दुरी पारि गरि प्रथम भए भने ललितपुरका अश्विन खत्रीले २ घण्टा १२ मिनेट ३ सेकेण्डमा सो दुरी पार गरि दोश्रो भए । यस्तै नवलपुरका सचिन सहनीले २ घण्टा २४ मिनेट २५ सेकेण्डमा पार गर्दै तेश्रो भए ।

यस्तै महिला जुनियरतर्फ सुनसरीकी विदिशा चौधरी पहिलो, बाँकेकी साया थापा दोश्रो र चितवनकी निति गुरुङ भईन् । यसैगरी चितवन विशेष पुरुषतर्फ प्रनित थापा प्रथम, रोनिश कर्मचार्य दोश्रो र सन्दिप श्रेष्ठ तेश्रो भएका थिए ।

यस्तै महिलातर्फ मेरिना रानामगर पहिलो, जुना श्रेष्ठ दोश्रो र नीति गुरुङं तेश्रो भईन् । प्रतियोगितामा देशभरबाट ७० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मकट्टेलले वागमती प्रदेश सरकारले खेलकुद विकासका नयाँ रणनीतिका समथ अगाडी बढेको स्पष्ट पार्नुभयो ।

यस्तै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले विकासको रफ्तारमा अगाडि बढेको भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने क्रममा रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.