नेपालमा पहिलो अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी बैशाख ८ गतेदेखि हुने

काठमाडौँ- नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको हस्तकला प्रदर्शनी हुने भएको छ।

हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले यो हस्तकलाको यो बृहत प्रदर्शनी गर्न लागेको हो ।

काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी- २०८० आगामी बैशाख ८गते देखि १०गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यो प्रदर्शनीको मुख्य उद्देश्य नेपाली उत्पादनलाई विश्व बजारमा पहिचान गराउने र पहुँच पुर्‍याउन  रहेको आयोजकको भनाइ छ ।

नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक सम्बृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पुर्‍याउने कम्पनीका प्रमुख कपिल अधिकारीको विश्वास छ ।

नेपालका हस्तकला भन्नाले पश्मिना, स्टोन, माला, क्यूरियोका सामानहरु, गलैंचा, गार्मेन्टका सामानहरु, हेम्प, पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हेण्ड मेड पेपरहरू, खुकुरी, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तुहरु पर्दछन ।

यसैगरी, नेपालका जडिबुटीहरू, सजावटका सामानहरु, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङ्ग, ट्राभल्स एण्ड टुर्स, खानपिनसमेतको पनि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने यो प्रदर्शनीको उदेश्य रहेको छ ।

साथै , नेपाली कला र सँस्कृतिसँग सम्बन्धित विषयहरु पनि यो प्रदर्शनीमा समावेश गरिने प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

प्रदर्शनीमा नेपाली उत्पादन अन्तर्राष्ट्रिय स्तरमा विक्रि वितरणका लागि ५०० जना भन्दा बढी विदेशी व्यापारी तथा खरिदकर्ताहरु खासगरी अमेरीका, क्यानडा, यूरोप, चीन, भारत लगायत अन्य देशहरुबाट आउने पनि अधिकारीले बताउनुभयो ।

यस हिमालयन इन्टरनेशनल एक्स्पो (आईएनसी) ले प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १७६ स्टलहरू रहने जनाएको छ ।

प्रदर्शनीको क्रममा हस्तकला सम्बन्धी जीवन्त कलाको प्रदर्शनी र समसामयिक विषयमा गोष्ठी पनि आयोजना गरिने छ ।

यसका साथै सो प्रदर्शनीमा नेपाली सामानहरुको किनवेच गर्न स्वदेशी उत्पादक र विदेशी खरिदकर्ताहरुबीच अन्तरकृया तथा सहयोग आदान प्रदान हुने नेपालस्थित प्रदर्शन टिमका सदस्य रवि भट्टले जानकारी दिनुभयो ।

विश्वका बिभिन्न देशहरुबाट क्रेताहरु भित्र्याउने र बढी भन्दा बढी नेपाली व्यापारीलाई बिदेशी व्यापारीहरुसँग सम्वन्ध विस्तार गराई निर्यात बृद्धि गर्न यो प्रदर्शनी सफल हुने नेपालस्थित प्रदर्शनी टिमका सोमत अधिकारी र राम अधिकारीले जानकारी दिनुभयो ।

प्रदर्शनी आयोजकले नेपाली उत्पादन अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन प्रदर्शनीस्थलका स्टलहरु बुकिङ खुला भएको पनि जानकारी दिएको छ ।

यसका लागि आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखी ब्यापार प्रवर्द्धन गराउन कम्पनीले सबैलाई आग्रह पनि गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.