राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्कनुभएको छ । उहाँ पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना हुनुभएको थियो ।

अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको उल्लेख छ ।

राष्ट्रपति पौडेललाई केही समय पूर्णरुपमा आराम गर्न चिकित्सकहरुले सुझाव दिनुभएको जनाइएको छ । यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.