बुर्किनाफासोमा आतंकवादी समूहको बर्बर आक्रमणः ४४ जनाको मृत्यु

अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी क्षेत्रको एउटा गाउँमा गरिएका दुईवटा आक्रमणमा परी ४४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । नाइजरको सीमा क्षेत्र नजिकै रहेका कौराकु र तोन्डोबी गाउँमा आक्रमण भएको बिबिसीले जनाएको छ ।
यति ठूलो संख्यामा मानवीय क्षति हुने गरी गरिएको आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । तर सो क्षेत्रमा जिहादिस्त नामक विद्रोही सशष्त्र समूहको बाहुल्यता रहेकाले त्यसैले आक्रमण गरेको आशंका गरिएको छ ।
सो सशस्त्र समूह आतंककारी संगठन अलकायदा र इस्लामिक स्टेटसँग सम्बन्धित रहेको बताइएको छ । घटना भएको सहेल क्षेत्रका गभर्नरले हिंसात्मक र बर्बर आक्रमण भएको भन्दै निन्दा गरेका छन् साथै आक्रमणमा संलग्नलाई कारवाही गरिने प्रतिबद्धता जनाएका छन् ।
आतंकाकारीले गाउँमा विस्फोट गराउनुका साथै बमबारी गरेको बताइएको छ । रातभर भएको बमबारीमा ठूलो संख्यामा गाउँलेहरुको मृत्यु भएको हो । घटनामा कयौं सर्वसाधारण घाइते भएका छन् । सन् २०१३ देखि सक्रिय जेहादिस्ट समूहको बर्बरताबाट बुर्किनाफासो र छिमेकी मुलुक आक्रान्त रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्