सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला बुद्धिचालको उपाधि बद्रीलाललाई

मोरङ- सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपालीले चुमेका छन् ।

मोरङको पथरी शनिश्चरे नगरपालिकामा सम्पन्न प्रतियोगितामा १ सय ३६ जना खेलाडीलाई पछि पार्दै काठमाडौंका नेपालीले उपाधी चुमेका हुन् । उपाधीसहित नेपालीले ५१ हजार रुपियाँ पुरस्कार पाएका छन् ।

फ्रेण्डसिप चेस क्लबले आयोजना गरेको प्रतियोगितामा काभ्रेका खोमप्रसाद तिम्सिना दोस्रो, झापाका प्रकाशचन्द्र नेपाल तेस्रो भए । तिम्सिनाले ३५ हजार र नेपालले २५ हजार प्रप्त गरेका छन् ।

यस्तै चौथो स्थान हासील गर्ने पुकार राईले २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्दा पाँचौ हुने नवीन तुण्डकारले १५ हजार रुपियाँ प्राप्त गरे । उत्कृष्ट १५ खेलाडीलाई पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोलगायतले पुरस्कार प्रदान गर्नु भएको छ । प्रतियोगितामा ३२ विधामा खेलाडीलाई पुरस्कृत गरिएको थियो ।

पथरीशनिश्चरे नगरपालिकाले मुख्य सहयोगमा सम्पन्न प्रतियोगिता सिनभिलेज पार्टी प्यालेसमा भएको थियो । पथरीको ४ दिवसीय प्रतियोगितामा नेपाल भरिका चेस खेलाडीले प्रतिस्पर्दा गरेका थिए ।

कार्यक्रममा नेपाल बुद्धिचालका च्याम्पियन महिला सिन्दिरा जोशी तथा पुरुष पुरूषोत्तम चौलागाइ खेलाडी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.