महोत्तरीमा प्रहरी र प्रदर्शनकारी बिच झडप, ७ सुरक्षाकर्मी घाइते

महोत्तरी- महोत्तरीमा आज नौ राउण्ड हवाई फायर भएको छ ।

गौशाला नगरपालिका –४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो ।

प्रदर्शनकारी बाँसको भाटा प्रहार गर्दा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक शङ्कर थापा र र नेपाल प्रहरीका प्रहरी निरीक्षक मनोज यादव घाइते हुनुभएको छ ।

झडपमा सशस्त्र प्रहरी ४ र नेपाल प्रहरीका ३ जना र प्रदर्शनकारी २ जना समान्य घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीको उग्र भिडले हत्या आरोपी उमेश साहको घरमा तोडफोड र अन्य परिवारिक सदस्यहरुलाई समेत मार्ने अवस्था आएकाले प्रहरीले रोक्न खोज्दा प्रहरीहरु माथि ढुँगा मुढा र बाँसको भाटा प्रहार गर्न लागेपछि प्रहरीले हवाई फायर र श्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

गौशाला नगरपालिका –४ मलहनीया पोखरी गाउँकी २५ वर्षीया आरतीदेवीको गत शुक्रबार राति विष सेवनका कारण मृत्यु भएको थियो । तर छिमेकी गाउँलेले भने आरतीलाई श्रीमान् उमेश साह, नन्द आशा तथा घरका सदस्यहरु मिलेर यातना दिएर हत्या गरेको आरोप लगाउँदै आएका छन ।

प्रहरीले आरतीको मृत्यु लगत्तै उमेशलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । गाउँलेले भने आरतीको सासू, नन्द र जेठाजुलाई समेत पक्राउ गरी घटना छानबिनको माग राख्दै आएका थिए ।

सोही घटनालाई लिएर स्थिानीयहरुले गौशाला सडमा टायर बालेर सोमबार विरोध प्रदर्शन सुरु गरेका थिए ।

‘‘महिला हिंसा बन्द गर, आरतीदेवी हत्याका अभियुक्तलाई पक्राउ गर, शान्ति सुरक्षा कायम गर’’ जस्ता नारा लगाउँदै करिब ५०० सयजति स्थिानीयहरुले सुरु गरेको प्रदर्शन उमेश साहको घरमा पुगेपछि उग्र बनेको थियो ।

घटनास्थलबाट प्रत्यक्षदर्शीले जनाएअनुसार प्रदर्शनकारीले साहको घरमा तोडफोड गर्न लागेपछि सशस्त्र र नेपाल प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरी स्थिति नियन्त्रण लिएको थियो ।

प्रदर्शनका कारण माईस्थान गौशाला समसी सडक केहीबेर अवरुद्ध भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.