लुम्बिनीका मुख्यमन्त्री चाैधरीलाई विश्वासको मत

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाउनुभएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

प्रदेश सभाका बहुमत ५३ सांसदले मुख्यमन्त्रीलाई बिस्वासको मत दिएका हुन ।

मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका छ्न ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ।

प्रदेश सरकार प्रति नागरिकहरूको विश्वास रहेको भन्दै नागरिकहरूलाई उत्साह जगाउनेगरी काम गर्ने मुख्यमन्त्री बताए । मुख्यमन्त्रीलाई नेपाली काङ्ग्रेसका, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति,लोसपा, जसपा, जनमत,र एक स्वतन्त्रले विश्वासको मत दिएका हुन ।

एमालेले बिपक्षमा मतदान गरेको छ । अहिले मुख्यमन्त्रीसँगै नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन्।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.