बारामा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने 

बारा- बाराको निजगढमा प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको  छ ।
आगामी जेष्ठ ४, ५ र ६ गते हुने सो प्रतियोगिताको बारेमा आयोजक मधेस प्रदेश तेक्वान्दो संघले सोमवार निजगढमा पत्रकार  सम्मेलनको
आयोजना गरी जानकारी दिएको हो ।
प्रतियोगितामा नेपालका ७ प्रदेशसहित भारत, बंगलादेश, भुटान, कोरिया, जापानका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक पेमासिद्धी लामाले जानकारी दिनुभयो ।
प्रतियोगिताको कुल लागत ५९ लाख रहेको पनि सो अवसरमा संयोजक लामाले जानकारी दिनुभयो ।
प्रतियोगितामा निजगढ, महागढीमाई, सिम्रौनगढ, कोल्हबी नगरपालिका र कलैया, जीतपुरसिमरा उपमहानगरपालिका तथा आदर्शकोतवाल गाउँपालिका, मधेस प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोग रहने छ ।
संघले प्रतियोगिताको लागि आठ वटा विभिन्न उपसमिति गठन गरी तयारी भईरहेको संघका महासचिब राजकुमार लामाले बताउनुभयो ।
जिरोगीतर्फ पुरुष सात र महिला छ गरी १३ तौल समुह र पुम्सेतर्फ जुनियर १० बर्षको सिगल, १२ बर्ष डबल र १४ बर्षको गु्रप गरी तीन तथा सिनियर पुम्सेतर्फ १८ बर्ष तल र माथि महिला पुरुष गरी चार टिम गरी २० ईभेन्टमा प्रतियोगिता सञ्चालन हुने नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य एवम प्रतियोगिता प्रचार संयोजक गुरुप्रसाद गौतमले जानकारी गराउनु भयो ।
मधेश प्रदेशको पर्यटन विकास र तेक्वान्दो खेलको बिकासमा टेवा पुराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.