संबैधानिक परिषद्को बैठक सिंहदरवारमा

काठमाडौं- संवैधानिक परिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना,  कानुन, न्याय र संसदीय मामिला मन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुहुन्छ ।

प्रधानन्यायाधिश नियुक्ति लगायतका संवैधानिक अंगका पदाधिकारीहरुको नियुक्तिको विषयमा आजको बैठकमा छलफल हुने जनाइएको छ ।

कायममुकायमको रुपमा प्रधानन्यायधिशले काम गरेको लामो समय भइसक्दा पनि नियुक्त गर्न नसेकेको भन्दै नेपाल वार एशोसिएशनले आन्दोलनका कार्यक्रमहरु जारी राखेको छ । यसले सरकार र संवैधानिक परिषद् दुबैलाई दवाव श्र‌ृजना गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.