दैलेख आगलागी अपडेटः एक जनाको मृत्यु, गम्भीर घाइते चार जनालाई काठमाडौँ ल्याईंदै

दैलेख- दैलेखको आठविस नगरपालिका वडा नं. ६ मा पर्ने माल्या जङ्गलमा भएको आगलागीमा परी घाइते भएका ९ जनामध्ये एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नं. ६ का ३७ बर्षिया भिमबहादुर बि.क. रहेका छन् । उनलाई बुधवार उपचारका लागि नेपालगन्ज लगिएको थियो । भेरी अस्पताल नेपालगन्जमा उपचारकै क्रममा उनको मृत्यु भएको उपचारमा गएका सहयोगी खगेन्द्र शाहीले जानकारी दिनुभयो ।

पोस्टमार्टम गरेर शव दैलेखतर्फ ल्याउने तयारी भएको छ । आगोले उनको शरीर ५५ प्रतिशतजलेको थियो, अन्य गम्भीर चार जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ । अन्य घाईतेहरुमध्ये तीन जनाको भेरी अस्पताल र पाँच जनाको स्थानीय नर्सिङहोमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको कामका लागि वडा नं. ६ को गोरेटो बाटो निर्माणका लागि गएका १० जनामध्ये आगोमा परेर ९ जना गम्भीर घाइते भएका थिए । माथि सडक निर्माणमा लागेका उनीहरू तलबाट आगो दन्किँदै आएपछि केहीबेर निभाउने प्रयास गरेको र निभाउन नसकेर आगो नै शरीरमा लागेपछि घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

घाइते मध्येका गम्भीर आगजनीमा परेका ९ जनालाई हेलिकप्टर मार्फत बुधवार नै थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.