माओवादी र नागरिक उन्मुक्तिको अडानले फुकेन सुदूरपश्चिम सरकारको गाँठो

सुदुरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकार अझैं बिस्तार हुन सकेको छैन । मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारका लागि शीर्ष नेताहरू प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर कैलाली फर्किनु भएपनि सरकार विस्तारको गाँठो फुक्न सकेको छैन ।

काठमाण्डौँ पुगेर शीर्ष नेताहरु भेट्दा पनि मन्त्रालय भागबन्डामा अझैं कुरा मिलेको छैन । दलहरु बिच छलफल चलिरहेकाले केही दिनभित्र सरकार विस्तार हुने मुख्यमन्त्री सचिवालयको दाबी छ ।

माघ २६ मा मुख्यमन्त्री नियुक्त हुनु भएका शाहले २७ गते भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई नियुक्त गर्नुभएको थियो ।

त्यसयता तीन महिना वित्दा पनि सरकार विस्तार हुन सकेको छैन । २१ फागुनमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्र अहिलेसम्म पनि सरकारमा सहभागी भएका छैनन् । माओवादी केन्द्रले तीन मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालयको दाबी नछोडेपछि अहिले सम्म सहमति हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.